राजा पृथ्वी नारायण शाह हिँडेको बाटोमा नेपाली सेनाको पदयात्रा

गोरखा ,शुक्रबार पौष १८ गते । नेपाल एकिकरणका बेला तत्कालिन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर नेपाली सेनाको टोलीले आजदेखि पदयात्रा थालेको छ । गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ गते उक्त टोली काठमाण्डौँ पुग्ने रणसिंह दल गण गोरखाका गणपती उज्वल केसीले बताए ।

आज बिहान गोरखा दरबार स्थित हनुमान भञ्ज्याङमा आयोजित एक कार्यक्रमका बिच सेनाका पश्चिम पृतनापति उपरथी गोकुल भण्डारी, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे र प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले संयुक्त रुपमा टोलीलाई बिदाई गरेका हुन् । नेपालको राष्ट्रिय झण्डा, टर्च, नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झण्डा सहित सेनाको टोली पदयात्रामा सहभागी भएको हो ।

३० जना नेपाली सेना, १० जना पृथ्वीनारायण शाहाकालिन पोसाकका सेना, ६ जना झण्डा बोकेर, एक जना टर्च लाईट, ब्याण्ड र नौमती बाजा सहित सह सेनानी इन्द्रबहादुर खत्रीको नेतृत्वको टोलीले पदयात्रा सुरु गरेको हो । गोरखाको –अश्राङ, बोर्लाङ–बोर्लाङघाट हुँदै उक्त टोलीले धादीङको सेनालाई उक्त झण्डा, टर्च हस्तन्तरण गरेर फर्कनेछ । धादीङको टोलीले नुवाकोटको टोलीलाई हस्तान्तरण गर्नेछ भने नुवाकोटको टोली पुस २७ गते काठमाण्डौँमा हुने पृथ्वी जयन्तीको कार्यक्रममा सरिक हुनेछ ।

नेपाली सेनाका पृतनापति भण्डारीले पदमार्गमा अहिले यात्रा गर्ने र यसको संरक्षण र प्रर्वद्धनका लागि पनि सेनाले प्रयास गर्ने बताए । कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै प्रधानसेनापतीको योजना अनुसार ऐतिहासिक सम्पदा र मार्गहरुको संरक्षण गर्नु मुख्य उद्देश्य रहेको उनले बताए ।daraundi

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार