निस्कोटका मृर्गौला पिडित सुरेश बचाउ अभियान सुरु

दिपक पुन मगर

बेनी ,शुक्रबार पौष १८ गते ।
जिल्लाको मालिका गाउँपालिका –१ निस्कोटका मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरको उपचारमा सघाउन आर्थिक सहयोग संकलन अभियान थालिएको छ । निस्कोट स्थित मृर्गौला रोगी पुन मगरका आफन्तको नेतृत्वमा सो अभियान थालिएको हो । अभियानको पहिलो चरणमा ३५ हजार रुपैयाँ बढी संकलन भएको छ ।

मंगला गाउँपालिका –५ स्थित सिरकुम,तिकाबाङ ,अर्मन किमचौर र धारामा घरदैलो मार्फत संचालन गरिएको सुरेश पुन मगर बचाउ अभियानलाई ३५ हजार ३५ रुपैयाँ सहयोग प्राप्त भएको सुरेश बचाउ अभियान थाल्नुभएका मृर्गौला रोगीका आफन्त साजन पुन मगरले जानकारी दिनुभयो ।

विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि सुरेश काठमाण्डांै स्थित शुमेरु अस्पतालमा उपचाररत हुनुहुन्छ । घरको आर्थिक अवस्था दयनिय भएकाले साथिहरुसंगको सहकार्यमा सुरेश बचाउ अभियान थालिएको पुन मगरले बताउनुभयो । बैदेशिक रोजगारीको शिलशिलामा दुई बर्ष अघि मात्र कुवेत पुग्नुभएका पुनको पाँच महिना अगाडी स्वास्थ्यमा समस्या देखा परेपछि उपचार गराउन जाँदा अस्पतालले दुबै मृर्गौलामा समस्या देखाएको थियो ।

पुनको दुबै मृर्गौलाले काम गर्न छाडेपछि कुवेतमा रहेका नेपाली र कुवेत स्थित विभिन्न संघसंस्थाको सहयोगमा उपचार गरी केही समय अघि नेपाल ल्याइएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग गरी छोराको ज्यान बचाइदिन बुबा जगबहादुर पुन मगरले अपिल गर्नुभएको छ । २४ बर्षिय मृर्गौला पिडित पुन मगरले आफुलाई बचाइदिन सबैलाई सहयोगको याचना गर्नुभएको छ । साथै सुरेशको उपचारमा सघाउने उद्धेश्यले दरबाङ लगायत प्रवासमा बसोबास गर्ने म्याग्दीबासीहरुले सुरेश पुन मगर बचाउ अभियान थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार