मालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा

बेनी ,शनिबार पौष १९ गते ।
जिल्लाको मालिका गाउँपालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जिवन बचाउने उपायका बारेमा जानकारी दिने उद्धेश्यले सो तालिमको आयोजना गरिएको हो ।

तालिममा गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत १३१ विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विहिबारदेखी संचालन भएको तालिममा डाक्टर लक्ष्मी पन्थीले विद्यार्थीहरुलाई प्रशिक्षण गराउनुभएको थियो । डाक्टर पन्थीले विद्यार्थीहरुलाई मानिसले खाना खाँदै गर्दा घाटीमा केही कुरा अडकिदा र सर्किदा ,हर्टयाट्कका लक्षण देखिदा ,चोट लागेर रगत बग्दा ,अचानक बेहोस ,संघात हुँदा र अन्तिम चरणको हर्टयाट्क हुँदा आपतकालिन व्यवस्था अपाउनुपर्ने विधिका बारेमा प्रशिक्षण गराउनुभयो ।

साथै तालिम प्रश्चात गाउँपालिकाका उपाध्यक्ष खर माया विटालुले विद्यालयलाई first aid किट बक्स हस्तान्तरण गर्नुभएको थियो । उपाध्यक्ष खर माया विटालुले तालिमले विद्यार्थीहरुलाई आपतकालिन अवस्थामा स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आपतकालिन अवस्थामा बचाउन सकिने स्वास्थ्य सम्बन्धी आधारभुत सिप र ज्ञान दिने उद्धेश्यले तालिम संचालन गरेको उपाध्यक्ष विटालुले बताउनुभयो । विद्यार्थीहरुले तालिममा हासिल गरेका ज्ञानहरु समुदायमा गएर अभिभावकलाई सिकाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार