गणित पढाउने शिक्षकलाई तालिम

बेनी ,शनिबार पौष १९ गते ।
गणित विषयलाई सहज रूपमा सिकाउने भन्ने विषयमा म्याग्दीमा एक दिने कार्यशाला सञ्चालन गरिएको छ । परीक्षामा धेरै विद्यार्थीसमेत गणित विषयमा अनुत्तीर्ण हुने गरेको अवस्थामा विद्यार्थीलाई सजिलो विधिबाट आर्कषित गर्ने गरी बेस्ट एकेडेमी पोखराको आयोजना र म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको संयोजनमा सञ्चालित तालिमको उद्घाटन गदैं शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले गणित विषयलाई अन्य विषयको तुलनामा विद्यार्थीको आर्कषण बढाउने विषयगत शिक्षकको भूमिका समेत महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सिकाई विधिलाई सजिलो बनाउन सकेमा विद्यार्थीले समेत रमाईलो मानेर पढ्ने गरेको अनुभव सुनाउनुभयो।

सोही अवसरमा म्याग्दी क्याम्पसका सञ्चालक समिति अध्यक्ष बालकृष्ण सुबेदीले म्याग्दीमा गणित विषयका विद्यार्थीको अभावले शैक्षिक संस्थामा समेत शिक्षकको अभाव देखिन थालेकाले विद्यालय तहबाटै गणितमा विद्यार्थीलाई आर्कषित बनाउनुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा सहायक प्रमुख पशुपति ढकाल, प्रध्यापक संघका अध्यक्ष नारायण सुबेदी, गणित परिषद् म्याग्दीका अध्यक्ष राजु केसी लगायतको उपस्थिति रहेको थियो । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका ५० जना शिक्षकको सहभागिता रहेको तालिममा सहभागिको तर्फबाट देबराज शर्मा र अञ्जु पोख्रेलले मन्तब्य राख्नुभएको थियो।

सोही अवसरमा आयोजक बेस्ट एकेडेमी पोखराले एसईईपछिको समयमा ब्रिज कोर्स सहित शैक्षिक गतिविधिमा सघाउने बारेमा सञ्चालक निदेर्शक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभएको थियो। तालिमका प्रशिक्षक गण्डकी स्कुलका गणित शिक्षक एवम् लेखक स्थिरबाबु सुबेदीले गणितप्रति बिद्यार्थीहरुमा देखिएको त्रासलाई कम गर्न शिक्षणका परम्परागत विधिहरुको प्रयोगलाई हटाई रोचक, नविनतम् विधि एवम् प्रविधिहरुको प्रयोग,गुणस्तरीय सिकाइको लागि ठोस् शिक्षण सामग्रीहरुको प्रयोग लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । तालिमको अध्यक्षता म्याग्दी क्याम्पस भुपु विद्यार्थी संघका अध्यक्ष लक्ष्मीनिधि रिजाल बिमल, स्वागत म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटा र सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार