मालिका महिला सहकारीको सातौं साधारणसभा

देविस्थान ,आइतबार पौष २० गते ।
म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको वडा अध्यक्ष एवम् सहकारीकी संस्थापक अध्यक्ष पिपला बुढाथोकी मगरले उद्घाटन गर्नुभयो । साधाराणसभाको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष बुढाथोकी मगरले महिलाहरुलाई एक बनाउन र उनिहरुलाई बचत गर्ने बानिको विकास गर्नमा सहकारीले ठुलो भुमिका रहेको बताउनुभयो । उहाँले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।


यसैगरी कार्यक्रममा कृषि प्राविधिक पर्मिला पौडेल ,पिपला बुढा ,तिलमाया पुन लगायतले बोल्नुभएको थियो । तीन लाख रुपैयाँ बाट सुरुवात गरिएको सहकारीमा अहिले करिब साढे एक करोड रुपैयाँको कारोबार गर्न सफल भएको संस्थाले जनाएको छ ।

सहकारीमा देविस्थानका ७ सय २० जना महिलारु शेयर सदस्यमा आवद्ध रहेको संस्थाकी सहजकर्ता रेखा पुर्जाले बताउनुभयो । उहाँका अनुसार संस्थाले हरेक बर्ष देविस्थान भित्रका संख्या रहेको सहकारीमा ७ सय २० जना शेयर सदस्य रहेका छन् । लेखा प्रतिवेदन सुनिता पाइजा पुनले प्रस्तुत गर्नुभएको थियो । संचालन सचिव रुपमाया घर्ति मगरले गर्नुभएको थियो ।


साथै बर्तमान अध्यक्ष शुसिला सिउँथानीले आफुले नियमित उपस्थिती जनाउन नसक्ने भन्दै सो रिक्त अध्यक्ष पदमा लेखा सदस्य इन्द्रमति फगामीलाई एक बर्षका लागि चयन गर्नुभएको छ । यसैगरी संस्थाले हरेक बर्ष देविस्थान भित्र रहेका प्रावि ४ र दुई वटा माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै आइरहेको सहकारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार