हिलापोखरीमा पहिरोले पुरिएर दोजर चालक बेपत्ता

बेनी ,सोमबार पौष २१ गते ।
म्याग्दीको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक वेपत्ता भएका छन् । सोमबार बिहान हिलापोखरी देखि सोलवाङ जोड्ने सडक खन्ने क्रममा एक्साभेटर पुरिँदा सोही गाउँपालिका ४ खिबाङ स्थित अन्दाजी ४० बषिर्य शेरबहादुर पुन मगर बेपत्ता हुनुभएको हो ।

file photo

सडक माथिबाट खसेको पहिरोले पुरिएर सोही गाउपालिका–४ खिवाङका अन्दाजी ४० बर्षिय पुन मगर वेपत्ता हुनुभएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । ईप्रका दरबाङका अनुसार स्थानीयबासी र ताकम प्रहरी चौकीको टोलीले पहिरो पन्छाएर वेपत्ता पुनको खोजि कार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार