बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेलाई बिम -मालिका संघद्धारा आर्थिक सहयोग

म्याग्दी, सोमबार पौष २१ गते ।
म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेको उपचारमा बिम मालिका सघं काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बिम मालिका संघ विदेश विभागले संकलन गरेको ७ लाख ५८ हजार सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

संघका अध्यक्ष सुवेदार देउप्रसाद जुग्जाली, सचिव याम बहादुर फगामीको उपस्थितीमा वडा कार्यालय बिममा आयोजित कार्यक्रममा दुर्घटनामा मृत्यु हुने चार जनाको परिवाार,दुर्घटनामा अप्रेसन गर्नुपर्ने ३ जना र पूर्ण रुपमा आराम गर्नुपर्ने ३ जनालाई प्रतिब्यक्ति ४० हजार, थप उपचारका लागि पोखरा रिफर गरिएका ११ घाईतेलाई २५ हजार र बेनी अस्पतालमा उपचार गरी घर फर्किएका १४ जनालाई ५ हजारको दरले सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाईते बाहेक मृगौला पीडित, आगलागी, करेन्ट लगायतका अन्य बिरामीलाई समेत १ लाख ३८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो । बिम मालिका संघ विदेश विभागका संयोजक कृष्ण जुग्जालीले दुर्घटनाले विदेशमा रहेका बिमबासी स्तब्ध भएको बताउँदै राहत संकलन गरिएको बताए । उनका अनुसार आर्थिक सहयोग अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई धन्यवाद ब्यक्त गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रमा प्रवासमा रहेका बिसबासीले गाउँको विकाससँगै विभिन्न समस्यामा साथ दिएको बताएका थिए । गएको कात्तिक महिनामा दरबाङबाट छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीको ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिमकी ७० वर्षीया सतदेवी भट्टचन, बिम गाउँका ९ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया आयुसा जुग्जालीको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार