जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ

बेनी ,मंगलबार पौष २२ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८८ लाख ८६ गरी तिन करोड ३० लाख ८६ हजार रुपैयाँमा निर्माण भएको उक्त सुविधा सम्पन्न भवनको उद्घाटन गर्नुहँदै उहाँले संघ,प्रदेश र स्थानीय तहको सरकार एउटै डुङगामा सवार भएकाले फरकफरक लाइनमा हिड्न नहुने बताउनुभयो ।

योजना तर्जुमा गर्दा तीन तहको सरकारबिच समन्वय हुन नसक्दा समस्या भएको बताउनुभयो । ‘हामी तीन तहको सरकार एउटै डुङगामा सवार छौ दायाँबायाँ दिशाबाट हिड्नुभएन,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो । ‘दायाँबाया दिशाबाट हिड्न थाल्यौ भने आर्थिक समृद्धि हासिल गर्न सकिदैन् । समन्वय र सहकार्यबाट विकास सम्भब छ ।’ मुख्य मन्त्री गुरुङले तीन तहको सरकारबिच समन्वय गरी आवश्यकताको आधारमा योजना तथा आयोजना बर्गिकरण गर्न सकेमा विकास निर्माण प्रभावकारी हुने उहाँको तर्क थियो । गण्डकी बहुबर्षिय एव् पञ्च बर्षिय योजना निर्माण गर्ने पहिलो प्रदेश भएको बताउनुभयो । पञ्चबर्षिय योजनामा औसत आयु बढाएर ७५ पु¥याउने लक्ष्य रहेको मुख्यमन्त्री गुरुङले सुनाउनुभयो ।

उहाँले प्रदेश सरकार प्रदेश भित्रका सबै जिल्लामा एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने अभियानमा लागेको सुनाउनुभयो । ‘प्रदेश सरकार एक जिल्ला एक अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशाला निर्माणको अभियानमा छ । जहाँ सबै खेलकुदको आयोजना गर्न सकियोस्,’मुख्य मन्त्री गुरुङले भन्नुभयो । ‘ अबको तीन बर्षमा पाँच हजार क्षमताको रंगशाला निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित त्यही अनुसार प्रदेश सरकार लागि परेको छ ।’ स्थानीयर,प्रदेश र संघिय सरकारको सहभागितामा रंगशाला निर्माण गर्ने बताउनुभयो ।

मुख्य मन्त्री गुरुङले संघियता आएपछि विकास निर्माणका आयोजनाले गति लिन थालेको बताउनुभयो । ‘बहुदल आएको लगातार २८ बर्षसम्म निर्माण सम्पन्न हुन नसकेको आयोजना प्रदेश सरकारले एक बर्षमा सम्पन्न गरिदियो,यो हो घरघरमा आएको सिंहदरबारको एक उदाहरण ! मुख्य मन्त्री गुरुङले भन्नुभयो ।’ संघिय सरकारको समपुरक बजेटबाट गण्डकी प्रदेश भित्र एघार वटा सडक आयोजना निर्माण हुने बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारको सहकार्यमा बेनीमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने आश्वासन दिनुभयो ।

दुई बर्षको अवधिमा संघियताको जग बसाल्ने काम भएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । सुशासन कायम गर्न कर्मचारी र जनप्रतिनिधि विचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । सुखी नेपाली समृद्ध देश निर्माण गर्न जनताको बलिदानबाट संघियता स्थापना भएको बताउँदै मुख्यमरुन्त्री गुरुङले सघियता संस्थागत गर्न समय लाग्ने बताउनुभयो । उहाँले कार्यान्वयनको चरणमा समस्या हुने भन्दै संघियताले देश बर्बाद गर्छ भन्नु मुर्खता भएको बताउनुभयो । साथै संघियतालाई सफल बनाउन सबै जनता एक हुनुपर्नेमा उनले जोड दिनुभयो । शान्ति सुरक्षालाई मजबुट बनाउन प्रदेश सरकाले प्रदेश प्रहरी निर्माणको तयारी थालेको र संगठनको संरचना बनाउन प्रत्यक जिल्लामा सुझाव संकलन गर्न आउने जानकारी दिनुभयो ।

प्रदेश भित्रका राष्ट्रिय गौरबको आयोजा निर्माणमा प्रदेश सरकारले समन्वयको भुमिका गरिरहेको बताउनुभयो । संघिय सरकारको फितलो अनुगमन र कार्यान्वयनले गर्दा गौरबका ओजनाले गति लिन नसकेको उहाँको भनाई छ । केन्द्र मातहतका ठुला आयोजना निर्माणको जिम्मा प्रदेश सरकारलाई दिए प्रभावकारी हुने उहाँको दाबी छ । मुख्यमन्त्री गुरुङले गण्डकी विश्वविद्यालय स्थापनाको तयारी थालिएको सुनाउँदै विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक वा अध्यापन गरेको अवधिको आधारमा मात्र कुलपति हुने व्यवस्थाको निति ल्याउने बताउनुभयो । साथै मुख्यमन्त्री गुरुङले कर्मचारीले कार्यशैलि परिबर्तन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकाले सबै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लागिएको योजना सुनाउनुभयो । गण्डकी प्रदेश भित्र ९ प्रतिशत जनता अध्यारो मुनि रहेको बताउँनुहुँदै मुख्य मन्त्री गुरुङले यो बर्ष अन्तिम सम्ममा विद्युतिकरण विस्तार गरी अध्यारो मुक्त प्रदेश बनाउने अभियानमा जुटेको जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले जनाताका आधारभुत आवश्यकता पुरा भएमा मात्र समृद्ध देश बन्ने उहाँले ठोकुवा गर्नुभयो ।

मुख्य मन्त्री गुरुङले औधोगिक क्षेत्र स्थापना गर्न प्रदेश सरकारले भौतिक पुर्वाधार निर्माणको तयारी थालेको बताउँदै उद्योगी व्यवसायीहरुलाई प्रदेश भित्र बसेर उद्योग धन्दा खोल्ने योजना बनाउन आह्वान बताउनुभयो । उहाँले गण्डकी पर्यटकीय दृष्टीकोणले प्रचुर संभावना बोकेको प्रदेश भएकाले पर्यटकीय स्थलको प्रवद्र्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम तथा पुर्वाधार निर्माण गरिरहेको बताउनुभयो । गण्डकी प्रदेश भित्रका जनताले आधारभुत खानेपानी पिउन नपाएको बताउनुभयो । प्रदेश भित्रका सबै जिल्लाका जनतालाई स्वच्छ शुद्ध खानेपानीको पहुँचमा ल्याउन प्रदेश सरकारले बजेट विनियोजन संगै विभिन्न कार्यक्रम गरी लागिपरेको जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान महिला तथा ज्येष्ठ नागरिक. मन्त्री थममाया थापा ,संविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,नवराज शर्मा,गोबिन्द पौडेल ,नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी ,नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ,गण्डकी प्रदेश सदस्य सांसद विनोद केसी ,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,जिल्ल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसी ,म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले बोलेका थिए । जिसस म्याग्दीका कार्यालय प्रमुख ज्ञानराज कोइरालाको संचालन तथा जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार