मंगला गाउँपालिकाको गाउँसभा : कृषि,शिक्षा र सडक पहिलो प्राथमिकता

बेनी ,बुधबार पौष २३ गते ।
म्याग्दीको मंगला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँपालिकामा आयोजित गाउँसभाले विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ । गाउँसभाको उद्घाटन गर्नुहुँदै अध्यक्ष सतप्रसाद रोकाले गत आवमा भएका योजनाहरुका राम्रो र सुधारका पक्षहरुमा ध्यान दिन अनुरोध गदैं जनतालाई विकासको अनुभुति हुने योजनाहरु छनौट गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिका भित्रका आवश्यकतालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको बताउँदै गाउँपालिका भित्रका प्रमुख आवश्यकतालाई सम्बोधन गर्ने गरी प्रदेश तथा संघीय सरकारलाई विकास निर्माण, शिक्षा लगायतका योजनाहरुमा बजेट माग समेत गर्ने बताउनुभयो ।

गाउँसभामा आर्थिक बर्ष ०७६÷७७ को आम्दानी खर्चको अनुमोदन, आवश्यक शिर्षकमा बजेट रकमान्तर, ०७५÷७५ को बाँकी बजेट अल्या गरी कार्यक्रम निर्माण, कृषि तथा पशु कार्यक्रम स्वीकृत, कार्यक्रम खर्च शिर्षक एवम् कार्यक्रमका लागि अधिकार प्रत्यायोजन, राष्ट्रिय योजना आयोगमा समपुरक र विषेश अनुदान योजना माग, करार कर्मचारी छनौट कार्यविधि, पोक–सातविसे सहित विभिन्न सडक सम्बन्ध लगायतका प्रस्तावहरु पारित गरिएको सूचना अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो ।

उहाँका अनुसार गाउँसभाबाट मंगला शिक्षा क्याम्पसको छात्राबास, मलेपको वित्तिय प्रतिवेदनका सुझाव कार्यान्वयन, वित्तिय शुसासन कायम गर्न आवश्यक विषयमा छलफल तथा सिम––कोक्रबाङ–पैयूपाँटा–कुहुँ हुदै टोड्के जोड्ने सडक, बावियाचौर–सल्यान–भर्जुला–हिदी सडक,महेन्द्र रत्न मावि र शिशुकल्याण माविलाई आवासीय विद्यालय बनाउन समेत आवश्यक बजेट माग गर्ने निर्णय भएको छ । साथै केही महत्वपूर्ण योजनाहरुको डिपिआर बनाउने, पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारमा समेत जोड दिइएको छ ।

सोही अवसरमा वडास्तरमा उत्कृष्ट काम गर्ने सिम–कुहुँ– टोड्के मोटरबोटो उपभोक्ता समितिका अध्यक्ष एकजित रोका, बावियाचौर ढल निकास उपभोक्ता समितिका बिरेन्द्र खड्का, बलराम सापकोटा, बुद्धि बहादुर पुन, नरबहादुर छन्त्याल, महिलाको तर्फबाट नुमायाँ किासनलाई सम्मान गरिएको थियो । त्यस्तै वडा अध्यक्षमा वडा नं २ का अध्यक्ष धनबहादुर खाती क्षेत्री, वडा नं ३ का अध्यक्ष कविन्द्र रोका, कर्मचारीतर्फ सुचना अधिकारी राजेन्द्र आचार्य, प्रशासन शाखा प्रमुख राधा कुमारी खत्रीलाई नगद सहित सम्मान गरिएको थियो । गाँसभामा उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बोल्नुभएको थियो । हरिकृष्ण गौतम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार