इरानमा विमान दुर्घटना,१८० यात्रुको मृत्यु

एजेन्सी,बुधबार पौष २३ गते । इरानको तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७–८०० विमान दुर्घटना भएको छ ।

इरानको सरकारी टेलिभिजनले विमानमा रहेका सबै जनाको मृत्यु भएको जानकारी दिएको छ । विमानमा १७६ यात्रु र चालक दलका सदस्य गरि १८० जना थिए ।

प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।विमान दुर्घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एउटा सानो प्रकाश आकाशमा उड्दै गरेको र पछि ठूलो ज्वालामा परिणत भएको देखिन्छ।विमान दुर्घटना हुनुभन्दा केही घण्टाअघि मात्र इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार