नेपाल केन्पो काई संघ,म्याग्दी शाखाको अध्यक्षमा पुन

बेनी,विहिबार पौष २४ गते ।
नेपाल केन्पो काई संघ, म्याग्दी शाखाको अध्यक्षमा दलमान पुन मगर चयन हुनुभएको छ । विहिबार बेनीमा सम्पन्न जिल्ला भेलाबाट पुन मगर अध्यक्षमा चयन हुनुभएको हो । अध्यक्ष पुन मगर सहित उपाध्यक्षमा भिमप्रसाद रोका ,सचिवमा नेत्रप्रसाद गुरुङ्ग,कोषाध्यक्षमा भिमसरा केसी तथा सदस्यहरुमा तारामान रोका ,विवेक हमाल ,केशरमान पुन ,ललिन पुन ,खेमबहादुर जुग्जाली,भिमसेन अधिकारी ,बिरेन्द्र पुन ,विनय जुग्जाली र जविन रोका चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल केन्पोकाई संघ,केन्द्रीय सचिव रबिन्द्र बज्रचार्यले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संघको निति तथा कार्यक्रम अनुसार जिल्ला खेलकुदको विकासमा अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नयाँ कार्यसमितिका अध्यक्ष पुन मगरले संघको निति नियम तथा कार्यक्रम अनुसार जिल्लाको खेलकुदको विकासमा लाग्ने बताउनुभयो ।

उहाँले जिल्ला भित्र संचालन हुने केन्पोकाई भित्रका खेलहरुलाई व्यवस्थित बनाई राष्ट्रिय एव् अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा साउथ एसियन चिप कोच नाराज खड्का (हरि) ,केन्द्रिय सदस्य एवम् नेपाल केन्पोकाई संघ म्याग्दीका प्रशिक्षक अनुप गौचन लगायतको उपस्थिती रहेको थियो । साउथ एसियन चिप कोच खड्का अनुसार केन्पोकाई विदा अन्तर्गत पाँच खेल तरबार ,जुधो ,ज्याम्नाष्टि,किक बक्सिङ,कराते तथा आत्मरक्षा जस्ता खेलहरु रहेका हुन्छन् ।
यसअघि जापानमा भएको४४ औं विश्व केन्पोकाई प्रतियोगितामा नेपालको तर्फबाट म्याग्दीबाट प्रशिक्षक एव् केन्द्रिय सदस्य अनुप गौचन सहित भिमसेन अधिकारी र नारायण सिंउथानी लगायतको टोलीले सहभागिता जनाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार