बाँदुकमा सामुदायीक स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)

अनिल पौडेल
म्याग्दी, शुक्रबार पौष २५ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका –१ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बाँदुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको हो ।
गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको ईकाईमा स्वास्थ्य परिक्षण, परामर्श र सरकारले दिने निशूल्क औषधि वितरणको सुबिधा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

ईकाई स्थापना भएपछि बाँदुकका करिब ९० घरदुरी भन्दा घरधुरी लाभान्वित भएका छन् । ईकाईको बिहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुहुदै सहज र सर्वशुलव स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण मिलाउन प्राथमिकता दिएको बताउनुभयो ।


उहाँले म्याग्दीका अरु स्थानीय तह भन्दा रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बेजट बढी बिनियोज गरेको बताउनुभयो । उहाँले आफुले पाउने सरकारी सेवा सुविद्या बापतको रकमको अक्ष्यकोष स्थापना गरि गरिव र अपाङ्गगता भएका व्यक्तीको स्वास्थ्य विमा समेत गरेको उहाँले जानकरी गराउनुभयो । गाउँपालिकको प्रत्येक बस्तीमा खानेपानी र विद्युत सुविद्या आफ्नो कार्यकालमा पु¥याउने उहाँले बताउनुभयो ।

वडा सदस्य रविन्द्र गर्बुजाको अध्यक्षता, जसबहादुर तिलीजाको सञ्चालन र गाउँपालीकाका स्वास्थ्य संयोजक टिका शाहिले गाउँपालिकाका प्रत्येक बस्तीका नागरिकलाई समान्य स्वास्थ्य उपचारका लागी पनी टाढा टाढा जानुपर्ने भएको बताउदै स्वास्थ्य इकाले त्यो समस्याको समाधान गरेको बताउनुभयो ।

कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष भक्त बहादुर शेरपुञ्जाले स्वास्थ्य इकाइ स्थापना गर्ने क्रममा गाउँलेबाटै धेरै असुहयोग भएको गुनासो गर्नुभयो ।
उक्त उद्घाटन कार्यक्रममा वडा सदस्य बलमान गौचनले समेत बोल्नुभएको थियो । स्वास्थ्य इकाइका लागी गाउँपालिकाले ७ लाख ७१ हजार बजेट विनियोज गरेको थियो । उक्त कार्यक्रम समापन भएपछी गाउँपालिका अध्यक्ष भाण्डारीको नेतृत्वमा गएको टोलीले त्यहाँ सञ्चालमा रहेको विकास निमार्ण योजनाहरुको अनुगमन समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार