म्याग्दीकाली सञ्चार सहकारीको पाँचौं अधिवेशन,अध्यक्षमा श्रेष्ठ

बेनी ,शनिबार पौष २६ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा संचालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । विक्रम संवत २०६४ सालमा स्थापना भई म्याग्दीकाली एफएम,इन्टरनेट तथा केवल टिभी संचालन गर्दै आइरहकोे सो संस्थाको शनिबार सदरमुकाम बेनी ,मंगलाघाट स्थित एक कार्यक्रमका विच बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

शनिबार सम्पन्न संस्थाको पाँचौ अधिवेशनबाट बिजयकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।अध्यक्ष श्रेष्ठ संगै उपाध्यक्षमा रामजीप्रसाद सुवेदी,सचिवमा सुविन श्रेष्ठ,कोषाध्यक्षमा राजु बानियाँ ,सहसचिवमा सुरज केसी ,सहकोषाध्यक्षमा हेमन्त थापा तथा सदस्यहरुमा माधवप्रसाद रेग्मी,दुर्गाराम सुवेदी,दिपक हमाल ,बालबहादुर महत,महेन्द्र खत्री ,ध्रुबराज सुवेदी ,लिलारामा गौतम ,नारायण सुवेदी र नवराज सुवेदी चयन हुन्ुभएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर अमित विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लेखा समितीको संयोजकमा अमृतकुमार श्रेष्ठ र सदस्यहरुमा विष्णु गौतम र अम्बिक श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सफलताको शुभकामना व्यक्त गर्नुभयो । उपत्यका बाहिर रहेर सञ्चार सहकारीको रुपमा रहेर मिडिया संचालन गर्नु कठिन भएको बताउनुभयो । उहाँले सञ्चार माध्यम लोकतन्त्रको गहना भएको बताउनुभयो ।

‘अहिलेको लोकतान्त्रिक युगमा बास्तमा भन्ने हो भने सञ्चार माध्यम भनेका गहना हुन’, प्रजिअ ढकालले भन्नुभयो । ‘चाहे संघसंस्था होस् ,सरकार होस् ,व्युरोक्रेसी होस् या घर परिवार र समाज नै किन नहोस् सबैमा कमिकमजोरी छ । कमिकमजोरीलाई औल्याइ सुधारात्मक रुपमा अगाडी बढ्नका लागि बाहिर ल्याइदिने,झकझकाउने र सुझाव सुझाव दिएर मिडिया र सञ्चार माध्यमले महत्वपुर्ण भुमिका खेलेको छ ।

यो लोकतन्त्रको सकरात्मक एवम् अनुकरणिय पक्ष हो ।’ यसैगरी कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी ,म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्य ,वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ ,शेयर सदस्य अम्बिक श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा नेकपा म्याग्दीका सचिवालय सदस्य राजकुमार थापाले संञ्चार सबैको साझा आवाज बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले सरकारले ल्याएको विद्येयक सञ्चार माध्यमलाई व्यवस्थित बनाउन ल्याइएको दावी गर्नुभयो । ५ सय ३४ जना शेयर सदस्य संख्या रहेको सो संस्थाको ३ करोड चार लाख ९९ हजार ५ सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाका निवर्तमान सचिव रामजीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी निवर्तमान कोषाध्यक्ष सुविन श्रेष्ठले प्रस्तुत गर्नुभएको बार्षिक आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक बर्ष ०७५÷७६ मा १ करोड ७३ लाख ९२ हजार तीन सय १९ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । संस्थाले म्याग्दीकाली एफएममा कार्यरत पुर्वकर्मचारीहरुलाई सम्मान गरेको छ । ,संस्थाका निवर्तमान अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता , सचिव रामजीप्रसाद सुवेदीको संचालन तथा निवर्तमान उपाध्यक्ष विजयकुमार श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार