नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ

बेनी ,सोमबार पौष २८ गते ।

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गएराति सापकोटा घरमा आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले सापकोटालाई नियन्त्रणमा लिएको हो । सापकोटाको घरबाट दुई थान गोली लोड गरिएका हतियार समेत बराबद गरिएको जिप्रकाका निमित्त कार्यालय प्रमुख समेत रहनुभएका प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सापकोटाको घरबाट ७ राउण्ड लोडेट थ्रिनटथ्रि राईफल र एक थान लोडेट भरुवा बन्दुक समेत फेला परेको हो । भूमिगत शैलिमा विप्लब नेतृत्वको पार्टीमा सक्रिय रहेका सापकोटाको प्रक्राउले विप्लब समुहलाई ठुलो धक्का लागेको छ । पक्राउ परेका सापकोटालाई हातहतियार तथा खरखजना ऐन अन्र्तगत मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार