अनाथ तथा एकल महिलाका बालबालिकाहरुलाई सिपमुलक तालिम

बेनी ,बुधबार माघ १ गते ।
म्याग्दीको सदरमुकाम बेनीमा अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिमको दिइएको छ । समाजसेवी एवम् एकल महिला संघ म्याग्दीकी निवर्तमान अध्यक्ष विमला गौचनको संयोजकत्व र प्रोफेसर eungik lee को आर्थिक सहयोगमा बेनीमा रहेका अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिम प्रदान गरिएको हो ।

बालबालिकाहरुलाई व्यवसायीक रुपमा आत्ननिर्भर बनाउनका लागि तालिम प्रदान गरिएको प्राविधिक सहयोगी Incheon National University In Korea की hyojung kim ले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक हप्ता सम्म संचालन हुने तालिममा अनाथ तथा एकल महिलाका बालबालिकाहरुलाई व्यवसायीक बनाउन विभिन्न पेशा संगै चित्रकलाको बारेमा तालिम दिइनेछ । साथै तालिममा बालबालिकालाई स्वास्थ्य सम्बन्धी जानकारी गराइएको छ ।

तालिमकी संयोजक समाजसेवी एवम् एकल महिला संघकी निवर्तमान अध्यक्ष गौचनले तालिमले अनाथ तथा एकल महिलाका बालबालिकालाई व्यवसायीक बन्न ठुलो सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । तालिममा wooseok jung ,त्रिभुवन विश्वविद्यालयका सरस्वती पराजुली,रोजेस तिमिल्सिना र प्रकृती पौडेलले सहजिकरण गर्नुभएको छ । तालिम सदरमुकाम बेनीमा रहेको यती होटेलमा संचालन भइरहेको छ । तालिममा २० जना बालबालिका सहभागी छन् ।पौष २७ देखी सुरु भएको तालिम माघ तीन गतेसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार