भारोत्तोलन खेलाडी पुन मगर सम्मानित

बेनी ,बुधबार माघ १ गते ।
भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो ।

केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत्तोलनमा कास्य पदक विजेता पुन मगरलाई जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगर र नेपाल मगर संघ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजा मगरले नगद र प्रमानपत्रले सम्मान गर्नुभएको हो । खेलमार्फत मगर समुदाय सहित देशको नाम उच्च बनाएको भन्दै पुन मगरलाई सम्मान गरिएको मगर संघले जनाएको छ ।

सम्मानित खेलाडी पुन मगरले सम्मानले खेल क्षेत्रमा अगाडी बढ्न हौसला प्रदान गरेको बताउनुहँदै धन्यवाद दिनुभयो । उहाँले आफुले पाएको सम्मान तथा पुरस्कार समुदाय र देशको प्रतिष्ठा भएको बताउनुभयो । जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानमा जन्मनुभएकी पुन मगर सन् २०१९ बाट भारोत्तोलनमा प्रवेश गर्नुभएको हो । नेपाल पुलिस क्लबमा आवद्ध पुन मगर नेपालकी स्ट्रङगेष्ट वुमेनको उपमा सहित दर्जनौ खेलमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार