कानुन कार्यान्वयन निकायमा प्रतिनिधित्व कमजोर हुँदा हाम्रो मुद्धा ओझेलमा प¥यो ः प्रमुख थापा मगर

बेनी ,बुधबार माघ १ गते ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानमा राज्यको हरेक निकायमा समानुपातिक समान सहभागिताको व्यवस्था भएपनि कार्यान्वयन निकायमा मगर सहित अन्य जनजाती समुदायको प्रतिनिधित्व कमजोर हुँदा हकअधिकारबाट बञ्चित हुनुपरेकोे बताउनुभएको छ । नेपाल मगर संघ ,म्याग्दीले माघेसंक्रान्तिको अवसरमा बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान ,सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमकाे उद्घाटन गर्नुहुँदै प्रमुख थापा मगरले यस्तो बताउनुभएको हो । उहाँले देशमा लामो समयपछि लोकतन्त्र आएपनि शासकिय स्वरुप भने पुरानै रहेको बताउनुभयो ।

उहाँले मगर समुदाय सहित जनजाती तथा दलित समुदायहरुले आफ्ना सन्तानलाई शिक्षित बनाउनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । ‘नेपालको संविधानमा समानुपातिक समान सहभागिताको व्यवस्था गरिएपनि कानुन कार्यान्वयन गर्ने निकायमा प्रतिनिधित्व कमजोर हुँदा हाम्रो मुद्धा ओझेलमा प¥यो,’ प्रमुख थापा मगरले भन्नुभयो । ‘खोसिएका हक अधिकार प्राप्त गर्न समानुपातिक समान सहभागितालाई उपयोग गरी राजनितिक ,प्रशासनिक तथा हरेक कानुन कार्यान्वयन निकायमा प्रतिनिधित्व बढाउन आवश्यक छ ।’ कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका थापा मगरले कला ,भाषा र संस्कृती नै जातिय अस्तित्व भएकाले यसलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सांस्कृतिक पर्वले राष्ट्रिय एकता कायम गर्नुका साथै देशको पर्यटन क्षेत्रलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘माघे संक्रान्ति मगर समुदायको सांस्कृतीक पर्व मात्र नभई देशको पहिचान हो ,यसले देशको पर्यटन लगायत आर्थिक क्षेत्रमा ठुलो योगदान दिएको छ ’,उहाँले भन्नुभयो । ‘जातिय कला संस्कृती भाषा र पहिचान जगेर्ना ,संरक्षण र प्रवद्र्धन गर्नमा सरकारले कन्जुस्याइँ गर्नुहुँदैन ।’ जातिय भाषा ,कला ,संस्कृती संरक्षण र जगेर्ना गर्ने राज्यको दायित्व भएपनि राज्य उदासिन भएकोप्रति गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रमममा नेपाल मगर संघ ,४ नं प्रदेशका सचिव राजकुमार थापाले देशमा धेरै परिवर्तन आएको बताउनुहुँदै मगर समुदायले हकअधिकार प्राप्तीका लागि नयाँ ढंगबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीले मगर समुदाय सहित दलित समुदाय पनि राज्यबाट विभेदमा परेको बताउनुहुँदै आफ्नो हकअधिकार प्राप्तीका लागि नयाँ ढंगबाट लडाई सुरुवात गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

साथै उहाँले मगर समुदायको कलासंस्कृती तथा भाषा संरक्षण र जगेर्ना गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ,मगर संघ ,बेनी नगरपालिकाका अध्यक्ष नरबहादुर थापा मगर ,नेपाल मगर संघ ,पर्वतका पुर्व सचिव बुद्धी पुर्जा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजा मगरले राज्यले चासो नदिएका कारण मगर समुदाय सहित अन्य जनजाती समुदायको भाषा ,कला र संस्कृती लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले राज्यको बेवास्ताका कारण मात्रृभाषा नयाँ पुस्तामा हस्तान्तरण गर्न समस्या भएको बताउनुहुँदै जातिय भाषा,कला र संस्कृतीको सरक्षण र जगेर्ना गर्न स्थानिय ,प्रदेश र संघिय सरकारको दायीत्व भएको बताउनुभयो । उहाँले मगर समुदायको परम्परागत संस्कार ,कला ,संस्कृती र भाषालाई जिवन्त दिन मगर संग्राहलयको स्थापना गर्ने योजना बनाएको बताउनुहुँदै सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

कार्यक्रममा भारोत्तोलनकी राष्ट्रिय खेलाडी तारादेवी पुन मगरलाई सम्मान गरिएको छ । राष्ट्रिय खेलाडी पुनलाई प्रमुख अतिथि थापा मगर र नेपाल मगर संघ ,म्याग्दीकी अध्यक्ष डकमाया पाईजाले नगद सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो । यसैगरी मगर संघ ,म्याग्दीले सांंस्कृतकि संघका कलाकार, देउसी भैलोमा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरेको छ । अध्यक्ष पाईजा मगरको स्वागत तथा सचिव खम थापा मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार