खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान

पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । बिक्रम संबत २०६७ मा स्थापना भएको संस्थाले चन्दादाता ,माध्यमिक तहको कक्षा १२ उत्तीर्ण बिद्यार्थी तथा जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मोना नेदरल्याण्डका अध्यक्ष एवं समाजसेवी जंगबहादुर पुन मगरले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले हरेक सुखदुःखमा सहकार्य तथा सहयोग गर्न नै समाजको आवश्यक हुने बताउनुभयो ।
 


खिबाङ्ग जिल्लाकै राजनीतिक ,सांस्कृतिक तथा परम्परागत सिपविकास केन्द्रको उद्गम ठाउँ भएको उहाँको भनाई थियो । उहाँले समाजको सांस्कृतिक तथा मौलिक कला संस्कृति संरक्षण र प्रबर्द्धन गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । यसैगरी खुमबहादुर गर्बुजा लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । समाजका अध्यक्ष क्याप्टेन  रबिन्द्र गर्बुजा पुन मगरले गाउँको शैक्षिक तथा सामाजिक बिकासमा सहयोग गर्न र पोखरामा बसोबास गर्ने गाउँबासिलाई एक बनाउने उदेश्यले समाज स्थापना भएको बताउनुभयो ।

अध्यक्ष क्याप्टेन गर्बुजा पुनको अध्यक्षता ,महिला समूह सचीव तारादेबी पुनको संचालन तथा संस्थाका वरिष्ठ उपाध्यक्ष ले.गनबहादुर गर्बुजा पुनको स्वागतमा कार्यक्रम सप्पन्न भएको थियो । सोही कार्यक्रमको अबसरमा नेपाल आइडलको उत्कृष्ट १२ का प्रतिस्पर्धी नेशन पुन मगरलाई भोट गर्न अपिल गरिएको छ । पुर्ख्यौली सोरठी नृत्य संगै विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार