दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : भिम माविको अग्रता (तस्बिर सहित)

दरबाङ्ग , विहिबार माघ २३ गते ।
म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै वडा भित्रका निजि र सामुदायीक गरि ११ विद्यालयहरुले सहभागिता जनाएका छन् ।

भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति कपको विजेता समेत हो ।
प्रतियोगिता अन्तर्गत १५०० मिटर दौडको छात्र तर्फ भिम मावि देविस्थान प्रथम ,किसानी मावि विम द्धितिय,जनप्रिय मावि दरबाङ्ग तृतिय ,छात्रा तर्फ भिम मावि प्रथम, किसाजी मावि द्धितिय र जनप्रिय मावि तृतिय ,१०० मिटर दौड अन्तर्गत छात्र तर्फ दरबाङ्ग ईङलिस बोर्डिङ्ग स्कुल प्रथम ,भिम मावि द्धितिय र किसानी मावि तृतिय तथा छात्रातर्फ भिम मावि प्रथम,जनप्रिय मावि द्धितिय र सिद्धार्थ मावि च्युरिबोट तृतिय भएका छन् ।


लमजम्पमा छात्र तर्फ केबी एकेडेमी बोर्डिङ्ग स्कुल प्रथम ,किसानी मावि द्धितिय र दरबाङ्ग ईङ्गलिस बोडिङ्ग स्कुल तथा छात्रातर्फ भिम मावि प्रथम ,गौवमबस्त मावि देविस्थान द्धितिय र अमरज्योति मावि तृतिय भएको कार्यक्रम संयोजक एव्म वडा नं ६ का अध्यक्ष सन्तोस सुवेदीले जानकारी दिनुभयो । ३००० मिटर दौड अन्तर्गत छात्र तर्फ जनप्रिय मावि प्रथम ,भिम मावि द्धितिय र किसानी मावि तृतिय तथा छात्रातर्फ किसानी मावि प्रथम ,जनप्रिय मावि द्धितिय र भिम मावि तृतिय भएका छन् । ज्याप्लिङ्ग थ्रो अन्तर्गत छात्रतर्फ किसानी मावि प्रथम ,ओखरबोट मावि द्धितिय र जनप्रिय मावि तृतिय तथा छात्रा तर्फ भिम मािव प्रथम,किसानी मावि द्धितिय र गौवमबस्त मावि तृतिय भएका छन् । २०० मिटर दौड अन्तर्गत छात्रतर्फ दरबाङ्ग ईङलिस बोर्डिङ्ग स्कुल प्रथम ,केबी एकेडेमी बोर्डिङ्ग स्कुल द्धितिय र भिम मावि तृतिय तथा छात्रातर्फ भिम मावि प्रथम ,केबी एकेडेमी बोर्डिङ्ग स्कुल द्धितिय र सिद्धार्थ मािव तृतिय भएका छन् ।


छेलो अन्तर्गत छात्रातर्फ किसानी मावि प्रथम ,भिम मावि द्धितिय र जनप्रिय मावि तृतिय तथा छात्रतर्फ जनप्रिय मावि प्रथम ,दरबाङ्ग इङलिस बोर्डिङ्ग स्कुल द्धितिय र किसानी मावि तृतिय भएका छन् ।त्रिपल जम्प अन्तर्गत छात्रातर्फ भिम मावि प्रथम,किसानी मावि द्धितिय र जनप्रिय मावि तृतिय तथा छात्रातर्फ भिम मावि प्रथम,गौबमबस्त मावि द्धितिय र किसानी मावि तृतिय हुन सफल भएका छन् ।

http://myagdinews.com/?p=8243
हाईजम्प अन्तर्गत छात्रतर्फ किसानी मावि प्रथम जनप्रिय मावि द्धितिय र भिम मावि तृतिय तथा छात्रातर्फ सिद्धार्थ मावि प्रथम ,किसानी मावि द्धितिय र भिम मावि तृतिय भएका छन् । ४०० मिटर दौड अन्तर्गत छात्रातर्फ किसानी मावि प्रथम ,राष्ट्रिय मावि द्धितिय र केबि एकेडेमी बोर्डिङ्ग स्कुल तृतिय तथा छात्रातर्फ भिम मावि प्रथम ,गौबमबस्त मावि द्धितिय र राष्ट्रिय मावि तृतिय हुन सफल भएका छन् । कवडी खेल अन्तर्गत छात्रातर्फ जनप्रिय मावि दरबाङ्ग र दरबाङ्ग ईङलिस बोर्डिङ्ग स्कुल तथा छात्रातर्फ किसानी मावि र दरबाङ्ग ईङलिस बोर्डिङ्ग स्कुल फाइनलमा प्रवेश गरेका छन् ।

भलिबल खेल अन्तर्गत विहिबार भएको छात्रतर्फ केबी एकेडेमी बोर्डिङ्ग स्कुलले निस्कोट माविलाई हराउँदै फाइनल प्रवेश गरेको छन भने किसानी मावि र ओखरबोट मावि विच शुक्रबार आठ बजेदेखी संचालन हुने रेफ्रि तेजिन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार छात्रातर्फको भलिबल खेल भने शुक्रबार संचालन हुनेछ । प्रतियोगितामा कवड्डी महिला पुरुष ,भलिबल महिला पुरुष तथा एथलेटिक्स अन्तर्गत विभिन्न विधाका खेलहरु संचालन हुनेछन् । प्रतियोगिता शुक्रबार सम्म संचालन हुने गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिनुभयो । बुधबारदेखी सुरु भएको प्रतियोगिताको उद्घाटन देवेन्द्रबहादुर केसीले गर्नुभएको हो ।


गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले नेपाल सरकारको निर्देशन तथा कार्यक्रम तालिका अनुसार प्रतियोगिता संचालन गरिएको बताउनुभयो । ‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ,गाउँपालिकाबाट उत्कृष्ट प्रतिभा छनौट गरी जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष रोका मगरले भन्नुभयोे ।’ खेलकुदको विकास र प्रवद्र्धन गर्नमा सहयोग पुग्ने अध्यक्ष रोका मगरले विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा शैक्षिक गुणस्तरको आधार मध्य खेलकुद पनि भएको अध्यक्ष रोका मगरको भनाई थियो ।


प्रतियोगितामा विजेताले रनिङ्ग शिल्ड ,५५ हजार रुपैयाँ ,ट्रफि ,मेडल र प्रमाण्पत्र ,उपविजेताले ४० हजार रुपैयाँ , ट्रफि मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले २५ हजार रुपैयाँ ,ट्रफि ,मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यागत प्रतियोगितामा विजेता ,उपविजेता र तृतिय हुने विद्यालयले पनि नगद ,मेडल र प्रमाणपत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार