पोखराको छोरेपाटनमा कार दुर्घटनामा एकको मृत्यु, ४ घाइते (नामावली सहित )

पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ  आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा  छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको  घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्दाजी २०/२१ वर्षकी बिना मगर , डेढ वर्षीय बालक असिम मगर, साढे २ वर्षीया बालिका रिविका क्षेत्री र चालक शिव पाण्डे घाइते भएको स्थानीयले जानकारी दिए ।
घाइतेहरुको मणिपाल अस्पताल र नमस्ते हस्पिटल पोखरामा उपचार भैरहेको छ ।

चालकले मापसे गरेर तिब्र गतिमा कार चलाउदा दुर्घटना भएको प्रतक्ष्यदर्शीले  बताएका छन्  । पोखरा न्यूज/
तस्बिर : हुम गुरुङको फेसबुकबाट साभार   ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार