पेश्की फस्यौट विषयमा प्रमुख प्रशासकिय अधिकृत र पुर्व कर्मचारीको विवाद ?

म्याग्दी,सोमबार फागुन १२ गते । पेश्की फस्यौट विषयमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार पुर्व कर्मचारी नायव सुब्वा प्रेम बानियाँ विच विवाद चुलिदै गएको छ । प्रशासकीय अधिकृतसुनारसंग कुरा नमिलेर बिवाद भएपछि राजिनामा दिएका तत्कालीन नायव सुब्बा बानियाले बेनीमा पत्रकार भेटघाट गरेर अधिकृत सुनार विरुद्ध १५ बुदे आरोप सार्वजनिक गरेका छन् ।

अधिकृतले कर्मचारी बिच बिभेद गरेको, कार्यालयमा काम गर्ने वातावरण नबनाएको, राजीनामा दिन बाध्य पारेको, कार्यालयको कामले फिल्डमा खटाउने तर सुबिधा माग गर्दा “घुस” मागेको आरोप सार्वजनिक गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खरिद गरिएका सामान गुणस्तर अनुसारको नभएको, विकास आयोजना अपारदर्शी रुपमा सञ्चालन भएका, तालिम, बैठक सञ्चालन गर्दा होटलका फर्जी बिल भरपाई बनाएर बढी खर्च देखाई अनियमितता गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरिएको, सामाजिक र सार्वजनिक परिक्षण नभएको आरोप लगाएका थिए ।

गत आर्थिक वर्ष २०७५÷७६ मा धवलागिरी गाउँपालिकाको ७ वटै वडामा सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न चार लाख पचास हजार रुपैयाँ बिनियोजन भएको थियो । सो कार्यक्रम कार्यान्वयन गर्न सुब्बा बानियाले २०७५ चैतमा चार लाख रुपैयाँ पेश्कि लिनुभएको थियो । बानियाका अनुसार चैतको १५ गतेबाट सुरु भएको कार्यक्रम गुर्जामा जेठमा गरेर सकिएको थियो ।
एक दिनका दरले सञ्चालन भएको कार्यक्रममा चालीस जनाका दरले सहभागि गराउने लक्ष्य थियो । वडामा रहेका सहकारी संस्थाका पदाधीकारी, अगुवा, शिक्षक र राजनीतिकर्मीहरु प्रशिक्षणमा सहभागि भएका थिए । सहभागीलाई खाना खाजा खर्च वापत चार सय रुपैयाँका दरले दिइएको थियो । कार्यक्रम सकिएपछि बानियाले जेठको दोस्रो हप्ता पेश्कि फस्यौटका लागि आवश्यक कागजात, बिल भरपाई सहित निवेदन लिएर अधिकृतकहाँ लगेको बताए । हाकीम सरसंग पेश्कि फस्यौट गर्न जाँदा जोबाट लगेको हो उसैबाट फस्यौट गर भनेर थर्काएको बानियाले बताए । सरुवा भैसकेको हाकिम खोज्न म कहाँ जाने ? मलाई पनि उहाँको कार्यशैली र ब्यवहार ठिक लागेन् । काम गर्ने वातावरण नभएकाले जेठ १७ गते राजीनामा दिएर हिडेको बताए ।

बानियाले “प्रशासकीय अधिकृतले कार्यक्रम वापत मागेको कमिसन (घुस) दिन नसकेपछि पेश्कि फस्यौट गर्न नमानेको” आरोप लगाएका छन् । अपारदर्शी गतिबिधिप्रति चित्त नबुझेपछि फसिन्छ भनेर राजीनामा दिएको जानकारी दिए ।गाउँपालिकाले पुष अन्तिम साता बानियालाई राजीनामा दिएकै दिन स्विकृत भएको जानकारी सहितको पत्र पठाएको छ ।

बानिया तत्कालीन जिल्ला विकास समिति अन्तरगत स्थानीय विकास कोष कार्यक्रमका कर्मचारी हुन् । जिविस भंग भएर बनेको जिससले बानियालाई धवलागिरीमा पठाएको थियो । बानिया र अधिकृत सुनारको बिवादका कारण सहकारी सम्बन्धी तालिम सञ्चालनका लागि दिइएको चार लाख रुपैयाँ बानियाको नाममा बेरुजु देखिएको छ । बानियाँले लगाएको आरोपको प्रशासकीय अधिकृत सुनारले अस्विकार र खण्डन गर्दै व्यक्तिगत पूर्वाग्रह साघेर आफूलाई दुख दिन तथा गाउपालिकालाई बदनाम गराउन खोजेको प्रतिक्रिया दिएका थिए । बिधि, प्रक्रिया र नियम संगत काम गरिएको बताउदै अधिकृत सुनारले बानियाले आफ्नो चरित्र हत्या गर्न खोजेको बताए ।

आरोपको पुष्टि गरेर देखाउन सुनारले बानियालाई चुनौति दिए । सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रमको पेश्कि फस्यौट गर्ने विषयमा गत जेठमा सुरु भएको अधिकृत सुनार र सुब्बा बानियाबिच आपसी स्वार्थको बिवाद आरोप, प्रत्यारोप, उजुरी हुदै सञ्चारमाध्यम सम्म आएको थियो । अधिकृत सुनारले भने बानियाले आवश्यक बिल, भरपाई र कागजात पुरा नगरिकन पेश्कि फस्यौट गर्न आएपछि कागजात पु¥याउन भन्दा भए, नभएका आरोप लगाएर आफ्नो बदनाम गराउन खोजेको प्रतिक्रिया दिए ।

पटक पटक पत्र मार्फत ताकेता गर्दा बेवास्ता गरेकाले बानियाले पेश्कि फस्यौट गर्नुको साटो उल्टै उजुरी गरेर आफू र अन्य कर्मचारीलाई फसाउन, बदनाम गराउन उद्धत भएको अधिकृत सुनारको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले प्रशासकीय अधिकृत र बानियाको व्यक्तिगत विषय भएको बताउदै दुई जनाको दन्द्धले गाउपालिकालाईनै बिवादित अवस्था सिर्जना गराएकोले छलफलको माध्यमबाट समाधानका लागि सहजिकरणको पहल गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार