बालप्रिय शारदा आधारभुत विद्यालयमा पुरस्कार वितरण तथा विव्यस र शिक्षक अभिभाक संघ गठन

बेनी ,विहिबार फागुन १५ गते ।
म्याग्दीको बेनी नगरपालिका ३ डाडाँखानी स्थित बालप्रिय शारदा आधारभुत विद्यालयमा पुस्कार वितरण तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।
विद्यालयले विहिबार एक कार्यक्रम गरी त्रैमासिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

सोही अवसरमा मनबहादुर श्रीसको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ भने दिपक पुनको अध्यक्षतामा १३ सदस्यीय शिक्षक अविभावक संघ गठन गरिएको शिक्षक मनबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विव्यस र शिअका नयाँ पदाधिकारीहरुको अवधि तीन बर्षको रहनेछ । कार्यक्रममा वडा सदस्य रत्नबहादुर जिसीेले निर्वाचित नयाँ कार्यसमितिका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयमा शिक्षालाइृ गुणस्तरीय बनाउन शिक्षक ,अभिभावक र विद्यार्थी विच सहकार्यको आवश्यक रहेको बताउनुभयो । साथै विद्यालयमा आवश्यक पुर्वाधार निर्माणका लागि वडाले सहयोग गर्ने आश्वासन दिनुभयो ।
विव्यसका निवर्तमान अध्यक्ष मनबहादुर श्रीसको अध्यक्षता ,प्रअ जमुनाकुमारी रोका मगरको स्वागत तथा शिक्षक मनबहादुर पुन मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हिमचुली स्पोर्टस् क्लवका अध्यक्ष समेत रहनुभएका शिक्षक अभिभावक संघका अध्यक्ष पुनले विद्यालयलाई गुणस्तरीय बनाउन सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो ।
साथै उहाँले आगमी शैक्षिक सत्रबाट लागुहुने गरी अंग्रेजी भाषा माध्यममा पठनपाठनलाई सुरुवात गर्न विव्यस र शिअ विच छलफल गरेर अगाडी बढ्ने उहाँको भनाइ थियो । विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि तथा पुर्वाधार निर्माणका लागि स्थानीय सरकारले बजेट विनियोजन संगै कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार