रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयलाई


म्याग्दी, शुुुक्रबार फागुुन १६ गते । म्याग्दीको रघुगंगा गाउपालिका–२ राखु भगवतीमा आयोजित दोस्रो रुइसे रनिङ कप हाजिरि जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयले जितेको छ।


रुइसेटोलको न्यु जेनेरेशन युथ क्लवले आयोजना गरेको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । देउराली आधारभूत प्रथम, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत दृतीय, नर्थ स्टार बोर्डीङ स्कुल तृतीय र मुक्तीधाम मावि सान्तवना भएका छन् । देउराली आधारभूत लगातार दोस्रो पटक बिजयी भएको हो ।


प्रथमलाई तीन हजार पाँच सय रुपैयाँ बराबरको स्टेशनरी, रनिङ्ग कप र प्रमाणपत्र प्रदान गरिएको थियो । दृतीय, तृतीय र सान्तवना हुने विद्यालयलाई क्रमश दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपैयाँको पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


पर्यटकीय स्थल रुइसेको प्रवद्र्धन र विद्यार्थीहरुमा अतिरिक्त ज्ञान बढाउने उद्देश्यले गत वर्षदेखि क्लवले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
क्लवका अध्यक्ष शान्तबहादुर भण्डारीको अध्यक्षता, वडा अध्यक्ष रिम भण्डारीको प्रमुख आतिथ्यता र क्लवका सल्लाकार हरि भण्डारीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लवका सचिव राम्जी भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार