डा: केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

काठमाडौं, मंगलबार माघ ८ गते । डा: गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी गाविसका थापा यसअघि उदपुर कटारीमा चन्दा असुलीको अरोपमा सार्वजनिक अपराध सँजाय ऐन अन्तर्गत मुद्दा खेपेको प्रहरी अभिलेखमा देखिएको छ।

विद्यार्थीकाल देखि नै तत्कालीन विद्रोही माओवादीमा लागेका थापा माओवादीको भातृ संगठन वाईसिलएलको नाममा चन्दा असुली गरेको आरोपमा २०७० असारमा जिल्ला प्रहरी कायालय उदयपुरले सार्वजनिक अपराध सँजाय ऐनमा मुद्दा चलाएको प्रहरी अभिलेखबाट खुलेको छ ।

तिनै थापा उदयपुरको कटारीबाट सार्वजनिक अपराध मुद्दामा छुटेपछि उनी सिरहाको मिर्चैयामा २०७१ मा पेस्तालसहित पक्राउ परेपछि हतियार खरखजानमा मुद्दा खेपेको प्रहरीको क्रिमिनल डाटा सिष्टमबाट देखिएको छ।

त्यसअघि थापालाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबगरबाट २०६७ जेठ २४ गते पेस्तोलसहित पक्राउ परेका थिए। तत्काली धनुषा जिल्लाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनाल ९बर्तमान प्रहरी प्रमुख० को कार्यकालमा ढल्केबगरबाट थापासहितका केही व्यक्तिलाई पक्राउ गरेका थिए। थापा हाताहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेख प्रहरीमा रहेपनि पूर्ण फैसलाका बारेमा प्रहरी बेखबर देखिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख गोविन्द थपलियाले थापा हातहतियार खरखजाना मुद्दामा धरौटीमा छुटेको अभिलेखमा देखिएको पुष्टी गरे। भने, उनको अभिलेख पल्टाउँदा हातहतियार मुद्दामा धरौटीमा छुटेको देखियो बाँकी थाहाभएन।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका डीआइजी विकास श्रेष्ठले थापा हतियारसहित पक्राउ परेपनि केही समय जेल बसेर छुटेको बताए। उनले भने, हाम्रो अभिलेखमा यो देखिन्छ। थप अनुसन्धान गर्दैछौं। थापा केही समय जेल बसेर धरौटीमा छुटेपछि पुन इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको प्रहरी अभिलेखले देखाएको छ।

यस विषयमा प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने गैरजिम्मेवारीपूर्ण जफाव दिए। उनले यस विषयमा प्रहरीले क्रिमिनल डाटा रेकर्ड नहेरेको र मंगलबार मात्रै थप पत्ता लाग्ने बताए। भने, हामी डाटा रेकर्ड सिष्टम हेर्छौं यदि थापको त्यस्तो रहेछ भने कानुन बमोजिम जान्छौं। अन्नप्र्णपोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार