न्यु होराइजन माविकाे अभिभावक दिवस तथा पुरस्कार वितरण

बेनी ,शुक्रबार फागुन १५ गते ।
पर्वतको जलजला गाउँपालिका–३ पर्वतबेनी स्थित न्यु होराइजन आवासीय माविले विविध कार्यक्रम गरी १४ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयले पुस्कार वितरण तथा विविध कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुहुँदै शुभकाना व्यक्त गर्नुभयोे । उहाँले कार्यक्रमले विद्यार्थीलाई हौसला प्रदान गर्ने बताउनुभयो ।
आवासीय विद्यालयमा शैक्षिक गुणस्तर संगै खेलकुद क्षेत्रमा पनि विकास भएको भन्दै विद्यालयको शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धी संगै पुर्वाधार निर्माणका लागि जोड दिएको उहाँको भनाई थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष देवेन्द्र भण्डारी ,वडा नं ४ का अध्यक्ष भिष्म मल्ल ,अभिभावक कमला थापा ,पर्वत उद्योग वाणिज्य संघ जलजला उपशाखा उपाध्यक्ष चित्रराज रेग्मी लगायतले बोल्नुभएको थियो ।

विद्यालयद्धारा आयोजित अतिरित्त क्रियाकलाप र बर्षको विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ अर्जुन पौडेलले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयको शैक्षिक ,भौतिक तथा प्रशासनिक अवस्था ,गतिविधि र प्रगतीका बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष दलबहादुर जिसीको अध्यक्षता ,शिक्षक भागिरथ पाण्डेको स्वागत तथा भाइस प्रिन्सिपल नारायण पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कक्षा १२ सम्म विद्यालयमा ६ सय जना बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार