नेपाल विद्यार्थी संघ,म्याग्दीको विरोध प्रदर्शन ,निवर्तमान मन्त्री बास्कोतालाई कारबाही गर्न माग

बेनी ,आइतबार फागुन १८ गते ।
नेपाल विद्यार्थी संघ ,म्याग्दीले महङ्गी र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ ,म्याग्दीको आयोजना तथा नेपाल विद्यार्थी संघ ,म्याग्दी महुमुखी क्याम्पस मुल इकाई समितिको सहआयोजनामा शनिबार बेनीमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको हो ।

स्ववियु निर्वाचनको तालिका तत्काल सार्वजनिक गर्नुृपर्ने ,इन्धनमा लगाइएको अतिरिक्त कर तत्काल फिर्ता गर्नुपर्ने ,ललिता निवास प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने ,पुस्तकमाथि लगाइएको आयात कर खारेज गर्नुपर्ने,सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदमा करोडौँको कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सुचना प्रविधी मन्त्री एव् सरकारका प्रवत्ता गोकुल बास्कोतालाई तत्काल छानविन गरी कानुनी कारकाही गर्नुपर्ने लगायत विद्यार्थी संघको माग छ ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल विद्यार्थी संघ ,म्याग्दीका अध्यक्ष निर्मल खत्रीले बहुमतको सरकारले आम नागरिकलाई विभिन्न बाहनामा कर बढाएर दुख दिने गरेको तथा महङ्गी नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई सडकमा ल्याउने चुनौती समेत दिनुभयो । जिल्ला सचिव विशाल खत्रीको संचालनमा कार्यक्रममा नेपाल विद्यार्थी संघ ,म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समितिकी अध्यक्ष सुजता खत्री लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार