नेपाल हङकङसँग ४३ रनले पराजित

काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो ।

हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो ।

हङकङले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८ दशमलव १ ओभरमा एक सय ११ रनमा अलआउट भयो ।

सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन शर्राफ एक रनमा पेभेलियन फर्किँदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।

नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबाबमा पर्‍यो । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

नेपाली टिमको ब्याटिङमा समस्या देखियो । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरियो । सन्दीपले खाता खोल्न नसक्दाआरिफ शेख १० रनमा आउट भए ।

नेपालको पारीलाई कमजोर बनाउन हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार