भगवतीमा राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई स्थापना ,अध्यक्षद्धारा उद्घाटन

बेनी ,आइतबार फागुन १८ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिमा स्थापना भएको राखु भगवती राम मन्दिर सामुदायीक स्वास्थ्य इकाई उद्घाटन गरिएको छ । स्वास्थ्य चौकीको स्वास्थ्य सेवाको पहुँच नपुगेको भगवतीमा स्वास्थ्य सेवालार्ई प्रभावकारी बनाउन स्थापना गरिएको सो स्वास्थ्य इकाईको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक कार्यक्रमका विच आइतबार उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष भण्डारीले स्वास्थ्य चौकीको पहुँच नपुगेको बस्तीका नागरिहलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन र स्वास्थ्य सेवालाई सरल र प्रभावकारी बनाउने उद्धेश्यले स्वास्थ्य इकाईको उद्घाटन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य इकाईलाई दिगो बनाउन स्थानीयको दायीत्व भएको बताउनुभयो । ‘स्वास्थ्य चौकीको पहुँच भन्दा बाहिर रहेका दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने स्वास्थ्य इकाई स्थापना गरिएको हो, अध्यक्ष भण्डारीले भन्नुभयो ’ ‘गाउँपालिकाले यस अघि पनि स्वास्थ्य चौकी पहुँच भन्दा बाहिर रहेका दुर्गम बस्तीमा स्वास्थ्य इकाई स्थापना गरिएको छ ,अन्य दुर्गम गाउँका बस्तीमा पनि आवश्यकताको आधारमा स्वास्थ्य इकाई स्थापना गर्ने गाउँपालिकाले योजना बनाएको छ ।’

वडा अध्यक्ष रिमबहादुर केसीले स्वास्थ्य इकाई स्थापना संगै स्थानीय बासीलाई स्वास्थ्य सेवा लिन सहज भएको बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाहादुर शाहीले इकाई व्यवस्थापन र सेवाका बारेमा जानकारी गराउनुभएको थियो । तत्कालिन जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको करिब तीन लाख रुपैयाँ र भगवती गाविस तथा स्थानिय बासीको सहयोगमा निर्माण भएको भवनमा सो स्वास्थ्य इकाई स्थापना गरिएको स्वास्थ्य संयोजक शाहीले जानकारी दिनुभयो ।

स्वास्थ्य इकाईमा तीन जनाको दरबन्दी भएपनि अहिले अहेवले सम्हाल्दै आउनुभएको छ । वडा अध्यक्ष केसीको अध्यक्षता ,राखु स्वास्थ्य चौकीकी निमित्त प्रमुख सुस्मा कटुवालको संचालन तथा स्वयंसेविका कला केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य इकाई स्थापना संगै स्थानीयले खुशीयाली मनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार