म्याग्देली लोकप्रिय सर्जक रमेश रोकाले ‘पानफुले बाई’ बजारमा ल्याउने

बेनी ,सोमबार फागुन १९ गते ।
लोकप्रिय संगितकार तथा सर्जक रमेश रोकाले मौलिक लोक सांस्कृतिक गित पानफुले बाई बजारमा ल्याउनुहुने भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको अर्मन घर भई हाल अष्ट्रेलियामा बस्दै आउनु भएका रोकाले ल्याउन लागिएको पानफुले बाई गितको ब्यानर सार्वजनिक गरिएको छ ।

विभिन्न लोकप्रिय गितको सिर्जना गरिसक्नुभएका रोकाको सिर्जना रहेको पानफुले बाई लोकदोहोरी गितमा लोकगायक ध्रुब जिसी र पार्वती थापाले स्वर दिनुभएको छ,भने ईश्वर सुवेदीको संगीत रहेको छ । पानफुले बाई  बिशेष गरेर साविक धौलागिरी अञ्चल भित्र गाइने रत्यौली भाकामा आधारित रहेको सर्जक रोकाले बताउनुभयो । पानफुले बाई लोकदोहोरी गित छिट्टै बजारमा आउने उहाँले जानकारी दिनुभयो । मौलिक लोक संस्कृतीलाई जगेर्ना गर्ने उद्धेश्यले गित बजारमा ल्याउन लागिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार