३८ जनाले गरे रक्तदान

म्याग्दी, मंगलबार फागुन २७ गते ।
नेपाल विद्यार्थी संघ, म्याग्दी बहुमुखी क्यापस मुल इकाईले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । मुल इकार्इको आयोजना नेबि संघ जिल्ला कार्य समितिको म्याग्दीको सहकार्य , नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा शिक्षक, विद्यार्थी, सर्वसाधारण गरि ३८ जनाले रक्तदान गरेका मुल ईकाइकी सभापती सुजता खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस ,म्याग्दीका सभापती खम बहादुर गर्बुजा खम्बिरले विद्यार्थीहरुद्धारा आयोजित कार्यक्रम उदाहरणिय र प्रभावकारी भएको बाउनुभयो । उहाँले रगत अभावमा मृत्युसंग लडिरहेका विरामीको उपचारमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार