डम्मरामा सिलाई कटाई तालिम सुरु

बेनी, शनिबार  चैत ०१ गते   । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ ।

सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो ।

जिल्लाको बेनी नगरपालिका, मंगला, रघुगंगा र धवलागिरी गाउपालिकाका अपाङ्गता भएका र उनिहरुका परिवारका सदस्य गरि २० जनाको सहभागिता रहेको छ । सिपको विकास गरि अपाङ्गता भएका नागरिकको जिवनयापनलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अपांग संघ म्याग्दीले जनाएको छ ।

तालिमको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले तालिमलाई उपलब्धिमुलक र प्रभावकारी बनाउन सहभागिले सिप सिकेर सदुपयोग गरि व्यवसायिक बन्नुपर्ने बताउनुभयो ।

बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानिया, अधिकारकर्मी जमुना आचार्य, वौद्धिक अपांग अभिभावक संघका अध्यक्ष यामबहादुर बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो । अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार