म्याग्दीमा अध्यापन गराएका शिक्षक ठाकुरको शैक्षिक प्रमाण पत्र नक्कली

म्याग्दी,सोमबार चैत ०३ गते । म्याग्दीमा शिक्षण गराएका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नक्ककली भएको भन्दै अख्तियारले मुद्धा दायर गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ स्थित राम्चे आधारभूत विद्यालय मा शिक्षण गराएर गोल्डेन हेण्ड चेकको सुविधा लिएर विदा भएका शिक्षक छोटेलाल ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अनुसन्धानमा भारतस्थित मोतिउर्रहमान संस्कृत प्राथमिक सह(माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाणपत्र पेश गरी अस्थायी प्रावि शिक्षक पदमा नियुक्ति लिएको खुल्न आएको अख्तियारले जनाएको छ ।

उनविरुद्ध नक्कली प्रमाणपत्र पेस गरेर राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले मुद्दा हालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

अस्थायी शिक्षक पदमा नियुक्त भई शिक्षण गराउँदै आएका ठाकुरले सरकारले अस्थायी शिक्षकहरुलाई दिएको गोल्डेन हेनचेक बुझेर विदाई भएको जिल्ला शिक्षा तथा समन्वय ईकाई म्याग्दीले जनाएको छ । शिक्षक ठाकुरविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम सजायको मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको छ ।अन्नपुर्ण पोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार