अन्नपूर्ण गाउपालिकाद्धारा परिक्षा केन्द्रमा आएका विद्यार्थीलाई आर्थिक सहयोग

बेनी, बिहिवार चैत ०६ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईइ) मा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई खाना खर्च सहयोग गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बिहीबार बिहान बसेको आकस्मिक बैठकले एसईमा सहभागि हुन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई प्रतिविद्यार्थी एक हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको हो ।

मुक्तीमार्ग मावि घारबाट सहभागि हुने ११८ जना र बेनीको परिक्षा केन्द्रका ५० जना विद्यार्थीलाई सम्बन्धित विद्यालय मार्फत खाना खर्च वापत प्रति विद्यार्थी एक हजार रुपैयाँका दररे सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउपालिकाको कैलाश मावि दोवा, सर्वोदय मावि भुरुङ्ग तातोपानी, ज्ञानप्रकाश मावि दाना, प्रभा मावि नारच्याङ, शिख मावि शिख, पाउद्धार मावि, टिकोट मावि र आदर्श माविका विद्यार्थीका लागि घारको मुक्तिमार्ग माविमा परिक्षा केन्द्र तोकिएको छ ।

हिमाञ्चल मावि नांगी र मुक्तिमार्ग माविका विद्यार्थी सदरमुकाम बेनीको परिक्षा केन्द्रबाट सहभागि हुन्छन् । परिक्षामा सहभागि हुन चार गतेनै धेरै जसो विद्यार्थीहरु परिक्षा केन्द्र भएको ठाउँमा पुगेर डेरा खोजेर बसेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रने जोखिमलाई मध्यनजर गर्दै सरकारले बुधबार साँझ २०७६ को माध्यमिक शिक्षा परिक्षा (एसइई) लगायत सबै परिक्षा अर्को निर्णय नहुँदा सम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार