रघुगंगा गाउँपालिकाले बिद्यार्थीलाई आर्थिक सहयोग गर्ने

बेनी ,विहिबार चैत ० ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा सहभागी हुन केन्द्रमा पुगेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ।

गाउँपालिकाले विकट क्षेत्रबाट पैदल र सवारीसाधनको प्रयोग गरी परीक्षा केन्द्रसम्म आइपुगेका विद्यार्थीलाई यातायात तथा खाना खर्च बापत भौगोलिक विकटताको आधारमा सहयोगको घोषणा गरेको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बताउनुभयो ।उहाँका अनुसार परीक्षाको अन्तिम समयमा स्थगीत भएपछि ८ वडामा रहेका विद्यालयका विद्यार्थीलाई नै पुग्ने गरी घरबाटै सहभागी हुनेलाई प्रती विद्यार्थी १ हजार र परीक्षा केन्द्र आसपास बसेर परीक्षा दिनेलाई प्रति विद्यार्थी १५ सय उपलब्ध गराउने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
‘विद्यालयभित्र परीक्षाको तयारी कक्षा सञ्चालनमा आवश्यक वातावरण बनाउँछौ,‘थप आवश्यक परेमा सम्बन्धित विद्यालयसँग समन्वय गर्नेछौ’ अध्यक्ष भण्डारीले भन्नुभयो।

रितुङ मावि कुईनेमंगले, अमर मावि पाखापानी, अमर मावि चिमखोला, महेन्द्र मावि झिँबाट परीक्षार्थीलाई प्रति विद्यार्थी १५ सय, मुक्तिधाम मावि भगवती, रघुगंगा मावि पिप्ले, महादेव मावि बेग र जनता मावि दग्नामका विद्यार्थीलाई प्रति विद्यार्थी १ हजार सहयोग उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरबाटै परीक्षामा सहभागि विद्यार्थीलाई उक्त सहयोगलाई परीक्षाको तयारीमा खर्च गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ।

रघुगंगा गाउँपालिकामा १ सय ६९ विद्यार्थीमध्ये मुक्तिथाम माविका ७७ जना विद्यार्थीको केन्द्र बेनीमा छ भने बाँकीले भगवती परीक्षा केन्द्रबाट परीक्षा दिदै थिए । एक विद्यालयले न्यूनतम १५ हजार देखि ७७ हजारसम्म सहयोग पाएका छन् ।यता गाउँपालिकाले दिएको राहतले विद्यार्थीमा उत्साह थपिएको शिक्षक महासंघ रघुगंगा गाउँपालिकाका अध्यक्ष याम शेरपुञ्जाले बताउनुभयो । उहाँले विद्यार्थीलाई अर्को परीक्षाको मिति सार्वजनिक नहुदाँसम्म परीक्षाको तयारीको वातावरण बनाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार