कान्छीगाउँदेखी बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा ९ घाइते , दुई जनालाई पोखरा रिफर

बेनी,शुक्रबार चैत ०७ गते ।
दग्नामको कान्छीगाउँदेखी बेनी आउँदै गरेको जि दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाम ,कान्छीगाउँदेखी बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार विहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


दुर्घटनामा परि दग्नामका सुकमाया गर्बुजा ,भदेबी गर्बुजा ,हमाया पुन ,मिन्जा पुन ,युबी गर्बुजा ,मनबहादुर तिलिजा ,बर्षा शेरपुन्जा ,तामिना शेरपुन्जा र अशिम गर्बुजा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते मध्य गम्भीर दुइ जना भदेबी गर्बुजा र मिन्जा पुनलाई बेनी अस्पतालमा सामान्य उपचार पछि पोखरा मनिपाल हस्पीटल रिफर गरिएको छ । अन्य घाइतेको बेनीअस्पतालमा उपचार हुँदै छ । जिप करिब १२ मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार