कैलालीमा विस्फोट हुँदा बिकको मृत्यु

धनगढी,आइतबार चैत ०९ गते । कैलालीको गोदावरीमा अपरिचित बस्तु बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा भएको विस्फोटमा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँमा फेला परेको तामाको बस्तुलाई पगाल्ने क्रममा बिकको मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले भने अनुसन्धानपछि मात्र बम वा अन्य कुनै बस्तु थियो भन्ने खुल्ने जनाएको छ । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार