करेन्ट लागेर शिख तल्लो गाउँकी एक किशोरीको ज्यान गयो

बेनी,सोमबार चैत १० गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ शिख तल्लो गाउँकी एक किशोरीको करेन्ट लागेर ज्यान गएको छ ।

१८ वर्षीया पार्वती पाइजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाइजालाई आइतबार साँझ आफ्नै घरमा करेन्ट लागेको थियो ।

पोखरामा उच्च शिक्षा अध्ययन गर्दै आएकी पाइजा कोरोना भाइरसको असरले क्याम्पस बन्द भएपछि केही दिनअघि मात्र गाउँमा गएकी थिइन् ।

शव परिक्षण गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृतक पाइजा शिख माविकी पुर्व विद्यार्थी भएकी शिक्षक सेते तिलीजाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार