गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने

पोखरा, बुधबार चैत्र १२ गते ।
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोषलाई प्रदेश प्रमुख शेरचनले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको हो ।

राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारमा कोषको नाममा रहेको खातामा रकम जम्मा गर्नका लागि प्रदेश प्रमुख शेरचनले आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । साथै, प्रदेश प्रमुख शेरचनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ (कोभिड–१९ )रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सम्पूर्ण नेपालीलाई अपील समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार