कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना

बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा नियन्त्रण गर्न म्याग्दीको मालिका गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ्गमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोष स्थापना गर्न २० लाख रुपैयाँको कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।

साथै उहाँले गाउँपालिकाले दरबाङ्गमा कोरोना विशेष आइसोलेशन (वार्ड) कक्ष स्थापना गरेको बताउनुभयो । अध्यक्ष रोका मगरले यो विषम परिस्थितीमा सबैले सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुभयो ।शिक्षक, महिला स्वास्थ्य स्वमसेविका, जनप्रतिनिधि र कर्मचारीको सहयोगमा विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था संकलन सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले जानकारी दिनुभयो । पहिलो चरणमा सबै वडा र बस्तीमा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार