दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी ,विहिबार चैत १३ गते ।

म्याग्दीको बेनी नगरपालिका–९ घतानका चार विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मयाग्दीका पाँच जना युवाको समुहले बेनी नगरपालिका -९ काउलेगौडा कोसेपानीका गिता मिजारका ६ जना परिवार , मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर तेल, साबुन चिउरा लगाएताका सामान सहयोग गरेका हुन् ।

कारोना भाइरस ९कोभिड १९० संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभर लकडाउन गरेको छ । यो समयमा दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकी छाक टार्ने परिवारहरुलाइ खानामा समस्या नहोस भनेर खान्द्यान सहयोग गरेको उनीहरुको भनाई छ ।

बेनपा ९ का निर्मल खत्रीको नेतृत्वमा बेनीबाट गएको भरत बहादुर रकाल, विश्वास श्रेष्ठ, कमल विश्वकर्मा र बिक्रम सुवेदीको टोलीले घरमा नै पुगेर सहयोग गरेका हुन् । उनीहरुले अन्य घरपरिवार समेत सहयोग गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार