नेपालमा थप एक जना कोरोना भाइरस संक्रमित भेटिए ,उपत्यकाबाहिर पहिलो संक्रमित

काठमाडौं ,शुक्रबार चैत १४ गते । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको हो ।स्वास्थ्य मन्त्रालयले पत्रकार यस्तो जानकारी गराएको छ ।

उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ ।“उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयले भनेको छ, “उहाँ चैत ११ गते भर्ना हुनुभएको हो । स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो ।” बाह्रखरीबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार