चौथो कोरोना भाइरस संक्रमित व्यक्ति कैलालीकै रहेको पुष्टि

काठमाण्डौं,शुक्रबार चैत १४ गते । कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढीका भएको पुष्टि भएको छ । उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको पनि जनाएको छ।

यस्तै काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा समेतले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताएपनि थप विवरण संकलनको क्रममा रहेको बताएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार नै गरिएको परीक्षणमा ती पुरूषमा कोभिड १९ पोजिटिभ भेटिएको थियो । डा देवकोटाले कोरोना संक्रमण राजधानीबाहिर पनि पुष्टि भइसकेको अवस्थामा लकडाउनलाई पालना गरेर घरमै बस्न आग्रह गरेका छन् । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना निको भइसकेका छन् । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार