लकडाउनको समयमा ध्यान दिनुपर्ने कुराहरु

यमन नेपाली

१) Lockdown को समयमा बालबालिकाहरुलाई चोट लाग्ने , विभिन्न स्वास्थ्य समस्या आइ पर्ने र बिरामी Transfer गर्न कठिनाइ हुने भएकोले विशेष साबधानी अपनाउन जरुरी देखिन्छ ।

२)यो समयमा धेरै मानिसहरु एकै ठाउँमा बस्नु पर्ने बाध्यता भएकोले सरुवा रोगहरुबाट बच्न सरसफाइ र स्वासप्रस्वासलाइ ध्यान दिनुहोला जस्तै : कोठा हावा आवतजावत गर्ने खालको हुनुपर्ने , धूम्रपान तथा मध्यपान नगर्ने (सि‌ंगाे पारिवारिक स्वास्थ्यमा प्रतिकुल असर र बालबालिकाहरुले सिको गर्न सक्ने भएकोले कुलत बाट छुटकारा हुन उपयुक्त समय)

यमन नेपाली, जनस्वास्थ्यकर्मी

३)थाहा भएको सरुवा रोगहरु र खोकी जस्ता श्वासप्रश्वास सम्बन्धि जस्तोसुकै समस्याहरु भएपनि यो संकतको समय भएकोले तिरस्कारको रुपमा नलिइ परिवारको सदस्यहरुबाट ब्यवस्थित रुपमा अलग बसेर सहयोग गरिदिनु भए उपयुक्त हुन्छ ।

४) बालबालिकाहरुमा पढ्ने बानिको छुट्ने , Internet addiction , cyber crime , मानसिक तनाब ,दुर्व्यवहार , हिंसा , घरायसी झैझगडा आदि समस्या पर्न सक्ने भएकोले उनिहरु समक्ष चिन्ता तथा अत्यासको कुराहरु प्रस्तुत नगर्ने , आफ्नो आबेग हताउने र उनिहरुको आवेगलाइ मनन गर्ने , बालबालिकालाइ थाहा नभएको कुरामा लामो बहस नगर्ने , रमाइला बिषयहरुमा छलफल गर्ने, कोरोना भाइरस (काेभिड -१९) र लकडाउन को बारेमा सरल भाषामा सामान्य जानकारी र बच्ने उपायबारे सचेत गराउने ।

यमन नेपाली
जनस्वास्थ्यकर्मी ,दर्बाङ प्राथमिक स्वास्थ्य केन्द्र ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार