बेल्जियममा आमाबुवालाई भेट गरी फर्केकी थिइन कोरोना संक्रमित युवती

अर्जुन कार्की
बागलुङ,शनिबार चैत १५ गते ।
आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १७ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । संक्रमित युवती दुई महिना अघि मात्रै बेज्जियममा रहेको आमा बुवा भेटको लागी गएकी थिईन ।

हालसम्म संक्रमति मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतारकतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।
काठमाडौं ४ गते आएकी युवती ५ गते माइक्रो बसमा बागलुङ आएकी हुन् ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको आफ्नै घरमा रहेकी युवतीकोे धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । युवतीको हालको स्वास्थ्य अवस्था सामान्य रहेकोले तत्काल सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने अवस्था नरहेको धौलागिरी अंचल अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन डा। शैलेन्द्र वि। पोख्रेलले जानकारी दिए ।

विरामीलाई ज्वरो, खोकी छैन, श्वास प्रश्वासमा पनि समस्या देखिन्न डा। विकले भने–‘होम आईसोलेसन’मा राखेर उपचार गर्ने विषयमा छलफल भैरहेको छ । अन्य ठाउँमा पनि विरामीको अवस्था जटिल नहुँदा घरमै उपचार गर्ने अभ्यास रहेको डा। विकको भनाई छ ।
विरामीलाई घर बाहिर निकाल्द समुदायमा संक्रमणको सम्भावना बढ्ने हुँदा घरमै उपचारको व्यवस्था गर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार