रेडक्रस दरवाङ उपशाखाको साधारणसभा

बेनी आईतबार माघ १३ गते । नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको १९ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । उपशाखाको शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्मपन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष खर माया बिटालुले विपद् व्यवस्थापन र मानविय सेवामा रेडक्रसको सहनीय भुमिका रहेको बताउनुभयो । साधारणसभामा सचिव हिरा पुनले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष गोपाल रेग्मीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।


उपशाखाका कार्यबाहक सभापति भिमप्रसाद गौतमको अध्यक्षता र सचिव पुनको सञ्चालनमा कार्यक्रम सम्मपन्न भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष सन्तनाथ जैसी, रेडक्रसका एसेस्कर सदस्य तथा उपशाखाका पूर्व सभापति शिवनारायण फगामी, फुलबारी उपशाखाका सभापति कमलनाथ शर्मा र छवी बिश्वकर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार