• केवि एकेडेमी र दरबाङ पोलिक्लिनिक बिच स्वास्थ्योपचार सम्झौता

    दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमी र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याव प्रालि बिच विद्यार्थी,अभिभावक र शिक्षक कर्मचारीहरुको स्वास्थ्योपचारमा विशेष छुटका लागि आइतबार लिखित सम्झौता भएको छ । सात बुँदे उक्त सम्झौता पत्रमा विद्यालयको तर्फबाट संचालक÷निर्देशक हिराबहादुर पुन र प्रिन्सिपल बिमल शर्मा तथा...

  • लायन्स क्लब अफ बेनी लभ्लीहिलद्धारा अस्पतालका सुत्केरीलाई न्यानो झोला वितरण

    बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलले सचिव निर्मल खत्रीकाे  जन्मदिनको अवसरमा बेनी स्थित बेनी अस्पतालका सुत्केरीहरुलाई न्यानो झोला वितरण गरेकाे छ । बुधबार परेको खत्रीकाे  जन्मदिनको अवसरमा अस्पतालका  सुत्केरीहरुलाई बीस हजार रुपैयाँ बराबरको बीस जनाको लागि न्यानो झोला वितरण  गरेकाे हाे ।  खत्री नेविसंघका केन्द्रिय सदस्य सम...

  • मनिषाको उपचारमा आर्थिक समस्या,सहयोग गरिदिन परिवारको आग्रह

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा आर्थिक समस्या भएको छ । भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत पाईजाको उपचारमा आर्थिक समस्या भएको हो । चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको ...

  • ताकममा योग शिविर सम्पन्न

    ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो । “स्वास्थ्य ज...

  • बेनी अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न माग

    बेनी । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ ।अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र पूर्वाधारको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । क्षमता विस्तार अनुसार दरवन्दि न...

  • पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी...

  • लायन्स क्लब अफ बेनी महारानीको रक्तदान कार्यक्रम

    म्याग्दी ।लायन्स क्लब अफ बेनी महारानीको आयोजनामा आज (शनिवार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा लायन्स क्लब अफ बेनी महारानीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बेनी अस्पताल म्याग्दीको परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा २५ जना ...

  • दुखुबेशीमा निशुल्क दन्त शिविर

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चा...

  • कतारमा वृहत रक्तदान कार्यक्रम हुँदै

    म्याग्दी । कतारमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोनां कतार र माेना कतार वहुउद्धेश्यीय अक्षयकाेषकाे आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम हुने भएको हो । हमाद हस्पिटलमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा रक्तदान गर्न आह्वान गरिएको छ । रगत ...

  • दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा...