पुष्पाद्वारा सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

च्युरिबोट, शनिबार माघ १२ गते । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ ।

काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई सय बिद्यार्थीलाई नगद १५ हजार बराबरको शैक्षिक सामाग्रि सहयोग गर्नुभएको हो । शुक्रबार सामाजिक अभियान्ता बल बहादु चोचाङ्गी पुन मगरको ५९ औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा सो सहयोग विद्यार्थीलाई हस्तान्त्रण गरिएको हो । शैक्षि सामाग्रि चन्दादाताकी बुबा समाजसेवी बल बहादुर चोचाङ्गी पुन मगरले कार्यक्रमका प्रमुख अतिथि नरबहादुर चोचाङ्गी पुन मगर मार्फत विद्यार्थीलाई बितरण गर्नुभएको हो ।

अघिल्लो बर्ष पनि सहयोग गर्नुभएकी पुष्पाले यस बर्ष पनि बिद्याथीहरुलाई कपी कलम तथा अन्य विभिन्न सामाग्रि सहयोगलाई निरन्तरता दिनुभयो ।
ग्रामिण भेगमा रहेको गरिब विपन्न तथा जेहेन्दार बिद्यार्थीको आर्थिक क्षेत्रमा सहयोग गरि उनिहरुको शैक्षिक अध्ययनलाई सहज बनाउने उद्धेश्यले शैक्षिक सामाग्री सहयोग गरिएको सहयोगदाता पुष्पाले बताउनुभयो ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…