अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविलाई

बेनी शुक्रबार पौष २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्ररछात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ ।

भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल सहित नगद पचास हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ । १५४ अंक सहित उपबिजेता भएको मुक्तिमार्ग मावि घारले कप, मेडल र नगद २५ हजार तथा ११६ अंक सहित तेस्रो स्थानमा चित्त बुझाएको टिकोट मावि हिस्तानले कप र मेडल सहित १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको स्रोत व्यक्ति भरत पुनले जानकारी दिनुभयो ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । बिजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा कवड्डीमा प्रभा माविकी गिता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन वटा गोल्ड मेडल जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका बर्षा फगामी उत्कृष्ट खेलाडीको उपाधी जितेका छन् । छात्रभलिबलमा मुक्तिमार्ग मावि घार प्रथम र ज्ञानप्रकाश मावि दितृय भएका छन् भने छात्रा भलिबलमा प्रभा मावि प्रथम र सर्वोदय मावि द्धितिय भएका छन् । कपर्दीको छात्रतर्फ प्रभा मावि प्रथम र सर्वोदय मावि द्धितिय तथा छात्रातर्फ प्रभा मावि प्रथम र कैलाश मावि दितृय भएका छन् । तस्बिर : सुरेन गुरुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार