अर्जुन माविको वार्षिकोत्सव सम्पन्न

बेनी, बुधबार माघ २ गते ।
बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ ।

वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको जानकारी दिनुभयो ।

सांसद केसीले शिक्षाको गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग गर्नुपर्ने र सबै स्थानीय तहमा प्राबिधिक शिक्षालय स्थापना गर्न लागिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका वडा अध्यक्ष हिराबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अर्जुन माविका स्रोत व्यक्ति दुर्गाराम सुवेदी, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार क्याप्टेन मिनबहादुर कार्की, सल्लाहकार कृष्णबहादुर कार्की, चन्द्रबहादुर घिमीरे, कार्यपालिका सदस्य गौमती नेपाली लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक हिराबहादुर बरुवालको स्वागत र शिक्षक तिलबहादुर घिमीरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ शिवकुमार केसीले प्रगति, शैक्षिक, आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार