कङ्गोको ुनयाँ राष्ट्रपतिु फेलिक्स शिसेकेदी अफ्रिकामा सर्वस्वीकार्य होलान्

बिबिसि, सोमबार माघ ७ गते ।
केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्।


प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपतीय चुनावमा फेलिक्स् शिसेकेदी निर्वाचित भएको घोषणा गरेपछि अफ्रिकी संघ एयूका नेताहरूले त्यो देशको भ्रमण अहिलेका लागि स्थगित गरेका छन्।

एयूले कङ्गोको राजनीतिक संकट अब अन्त्य हुने आशा व्यक्त गरेको छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको चुनावी परिणामका कारण बढेको अन्यौलमाझ संवैधानिक अदालतले फेलिक्स शिसेकेदीलाई निर्वाचित घोषणा गरिदिएपछि उनलाई अफ्रिकी देशका राष्ट्रपतिहरूले बधाई दिन थालेका छन्।

केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्।

रामाफोसाले कङ्गोका सबै जनतालाई संवैधानिक अदालतको निर्णय स्विकार्दै शान्ति स्थापनामा साथ दिन आह्वान गरेका छन्।

एयूले राष्ट्रपतिय चुनावको अन्तिम परिणाम घोषणा स्थगित गर्न आग्रह गरेको थियो तर त्यसको सुनुवाइ भएन र अदालतको फैसला आयो।

जसअनुसार फेलिक्स शिसेकेदी निर्वाचित भएको भनिए।

संवैधानिक अदालतले शिसेकेदीले जितेको र विपक्षी मार्टिन फायुलुको दावी नपुगेको फैसला सुनाइदियो।

अबको केही दिनमै शिसेकेदीले कंगोको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार